पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालका नराम्रा पक्षका बारेमा बहस चल्न सुरु भए पनि यसका थुप्रै सकारात्मक पक्षहरु पनि छन् । कलाकारहरुले आफ्नो हरेक कामको प्रमोसनमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेको पाइन्छ ।तर, बलिउड अभिनेता आमिर खानले भने आफ्नो जीवनबाट सामाजिक सञ्जाललाई बिदा गरेका छन् । उनले आफ्नो ५६ औँ जन्मदिन मनाएपछि सामाजिक सञ्जालबाट अलग बस्ने घोषणा गरेका छन् ।उनले इन्स्टाग्राममा जन्मदिनको शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद भन्दै सामाजिक सञ्जालबाट अलग बस्न चाहेको बताएका छन् । उनले सोही पोस्ट आफ्नो अन्तिम पोस्ट हुने समेत लेखेका छन् ।

आमिरलाई सामाजिक सञ्जालमा पछ्याउने शुभचिन्तक धेरै छन् । उनलाई ट्विटरमा २६ लाख ५० हजार, फेसबुकमा १८ लाख र इन्स्ट्रामा ३ लाखभन्दा धेरैले फलो गरेका छन् । उनको यो निर्णयले उनका फ्यानलाई दु:खी बनाएको छ ।आमिर ‘लाल सिंह चढ्ढा’को छायाङ्कनमा व्यस्त छन् । यो चलचित्रमा उनी अभिनेत्री करिना कपुरसँग रोमान्स गरिरहेका छन् । सामाजिक सञ्जालबाट टाढा बस्ने घोषणा गरेका आमिरका चलचित्रको जानकारी अब आमिर खान प्रोडक्सनको अफिसियल अकाउन्टबाट दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah