क्यानबेरा । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ । सप्ताहन्तमा आएको बाढीलाई अधिकारीहरुले ५० वर्षयताकै ठूलो बाढी बताएका छन् ।बाढीका कारण सिड्नीका सयौँ घरमा क्षति पुगेको र हजारौँ मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।सिड्नीको उत्तर–पश्चिमी क्षेत्रमा बसोबास गर्ने मानिसलाई मध्यरातमा घर छाड्न आदेश दिइएको थियो । अझै थप चार हजार मानिसलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ,तीव्र गतिमा आएको बाढीले घर र रुख बगाउनुका साथै अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपछि त्यहाँका मुख्य राजमार्गहरु बन्द गरिएको थियो भने सोमबारका लागि शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ ।आज आइतबार दिनभर नै वर्षा हुनसक्ने जनाउँदै मौसविद्हरुले केही क्षेत्रमा २०० मिलिलिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरेका छन् । वर्षाले न्यु साउथ वेल्समा कोभिड–१९ विरुद्धको खोप ढुवानीमा समेत प्रभाव परेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah