हातको रेखा हेरेर आफ्नो भविष्य थाहा पाउन सकिन्छ । धेरैजसो मानिसहरु आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के जीवनमा कहिल्यै सफलता मिल्ला तर हामीमध्ये धेरै जनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन । त्यसैले धेरैजनाले कुनै ज्योतिषलाई हात देखाएर उनले भनेका कुराको आधारमा काम गर्ने गर्छन् । तर के तपाईलाई थाहा छ ? हातको पञ्जामा भएका रेखा हेरर आफैंले आफ्नो भविश्यबारे जानकारी लिन सकिन्छ ।
-जीवन रेखा
जीवन रेखा व्यक्तिको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा व्यक्तिको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ।
– हृदय रेखा
हृदय रेखामा व्यक्तिकाे प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि व्यक्तिकाे बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ वा छैन भनेर उसको हातमा भएको हृदय रेखा हेरेर अन्दाज गर्न सकिन्छ । साथै हातको पञ्जामा रहेको ह्दय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरेर भन्दा पनि काम गरेर प्रेम देर्साउँछन् । यदि कुनै व्यक्तिकाे हातको रेखा मोडिएको छ भने त्यो व्यक्तिकाे इच्छा धेरै प्रबल हुन्छ ।
-मस्तिष्क रेखा
यसले कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट व्यकि्तको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, व्यक्तिकाे जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सकिन्छ । यस्तै यो रेखा लामो हुनुको अर्थ हो कि कुनै पनि कुरा बारे गहिराइमा गएर मात्रै नियर्ण लिने । र मसि्तष्क रेखा लामो मोडिएको हुनुको अर्थ यो हो कि यस्तो व्यकि्त रचनात्मक तरिकाले सोच्ने गर्छन् ।
-भाग्य रेखा
यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि भाग्य बुलन्द छैन । जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने आफ्नो परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ।



