अमेरिकाको कोलोराडोमा एउटा सुपरमार्केटमा बन्दुकधारीको अन्धधुन्ध प्रहारबाट १० जनाको मृत्यू भएको छ। मृत्यू हुनेमा प्रहरी अधिकारी पनि छन। अमेरिकामा १ हप्ताभित्र भएको यो दोश्रो गोली प्रहारको घटना हो।यसरी गोली प्रहार किन गरिएको हो त्यसको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ। उत्तरी मध्य कोलोराडोस्थित  किनमेल केन्द्रमा यो घटना घटेको थियो। घटनास्थल डेनभरबाट ४५ किलोमिटर उत्तर पश्चिम क्षेत्रमा पर्दछ।। घटना भएको बेलामा पसलमा काम गर्नेहरु सुरक्षित ठाँउमा लुकेका थिए।

घटना भएको स्थानमा आफ्नो छोराका साथ किनमेल गर्न आएका ४२ वर्षिय ग्राहक सराह मुनस्याडोले पसलको बाहिरबाट भित्र गोली प्रहार गरिएको आफूले देखेको बताए। घटनामा मारिएका पुलिस अधिकारी ५१ वर्षिय अनुभवी प्रहरी अधिकृत भएको जनाईएको छ। घटनास्थलमा एकजना सख्त घाईते व्यक्ति भेटिएका थिए। उनलेनै गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेपनि उनको परिचय भने खुलाईएको छैन।

अमेरिकाको एटलाण्टामा एकहप्ता अघि भएको गोली प्रहारमा ८ जना मारिएका थिए जसमा ६ जना एशियाली मूलका महिला थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah