थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको निधन भएको छ। उनी ८८ वर्षका थिए। थाइल्याण्डको राजदरबारले बिहीबार ‘सहजरुपमा’ राजा अदून्यदेतको निधन भएको जनाएको छ। स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ।
श्रद्धा
“सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ,” राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।त्यहाँको संसदको विशेष बैठक डाकिएको छ। राजाको निधनपछि थाइल्याण्डका प्रधानमन्त्रीले आगामी ३० दिनसम्म उत्सवका कुनै कार्यक्रम नगरिने बताएका छन्। एक वर्षसम्म शोकको अवधि तोकिएको छ। उनको निधनपश्चात देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रायुत जान-ओचाले भने, “प्यारा थाइ जनता हामी यस घडीमा कति दुखी छौं। हाम्रो प्यारो अनि हाम्रा राजाको प्यारो यो देश चलिरहनु छ। यो अधिराज्य अघि बढिरहेको हेर्ने राजाको इच्छा थियो। हाम्रा जनता खुशी र दयाभावका साथ बाँचिरहेको हेर्ने राजाको इच्छा थियो। यो मृत्युले सो इच्छामा कुनै वाधा नपुगोस्।” विश्वमै सबैभन्दा बढी शासन गरेका राजा अदून्यदेत गत वर्षको अधिकांश समय अस्पतालमै बिताएका थिए। सन् १९४६ मा उनी गद्दीनसीन भएका थिए। उनले ७० वर्षसम्म शासन गरे।
लोकप्रिय




