काठमाडौं, २० चैत । म्यानमारकी नेतृ आङ्ग सान सुचीविरुद्ध सैनिक शासकहरुले नयाँ मुद्दा दर्ता गरेका छन् । नेतृ सुचीविरु४ गोप्य सूचना चुहावट सम्बन्धी नयाँ मुद्दा दायर गरिएको हो ।बेलायतको उपनिवेश हुँदाको कानुन अनुसार सुचीमाथि मुद्दा दायर भएको उनका वकिलले जानकारी दिएका छन् । उनका अनुसार सुचीविरुद्ध गैरकानुनी रुपमा ५ वटा तारविहीन रेडियो सेट साथमा राखेको आरोप पनि लगाइएको छ । उनीविरुद्ध कोरोना भाइरस सम्बन्धी प्रावधान उल्लंघन गरेको आरोप पनि लगाइएको ।त्यहाँको कानुनअनुसार सो मुद्दामा दोषी प्रमाणित भए सुचीलाई १४ वर्षको जेल सजाय हुने छ । अहिले नेतृ सुची सैनिक शासकहरुको कब्जामा छिन् । गत फेब्रुअरी १ मा सेनाले कू गरेयता सुचीसहित नेश्नल लिग फर डेमोक्रेसीका नेताहरुलाई बन्धक बनाइएको हो ।सैनिक शासनविरुद्ध बढिरहेको जनप्रदर्शन दबाउन हिंसाको सहारा लिइरहेको शासकहरुले सूचना आदानप्रदानलाई रोक्नका निम्ति म्यानमारमा ताररहित इन्टरनेट सेवा बन्द गरिएको छ । रोयटर्समा प्रकाशित खबरका अनुसार अर्काे सुचना जारी नहुँदा सम्म वायरलेस इन्टरनेट बन्द गर्न टेलिकमहरुलाई निर्देशन दिइएको छ ।



