लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार पाँच सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । गएको एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३२ प्रतिशतले ह्रास आएको हो ।

३ करोड ९० लाख बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता तीन करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९० लाख १ हजार ५५४ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २० लाख १० हजार २४४ जनाले खोपको पहिलो र ६९ लाख ९१ हजार ३१० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोएनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्वारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah