कोरोना भाइरसबाट बच्ने धेरै उपाय छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितबाट बच्न सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने तथा नियमित रूपमा हात धुने जस्ता प्रोटोकल बनाएको छ । यसबीच, पछिल्लो समय खोप कोरोनाविरुद्ध लड्ने मुख्य हतियारझैँ बनेको छ । विश्वभरि नै विभिन्न कम्पनीका खोप कार्यक्रम सञ्चालन भइरहेका छन् ।खोप लगाएपछि संक्रमित संख्या घट्ने विश्वास गरिएको थियो । यद्यपि, खोप कार्यक्रम भइरहे पनि पछिल्लो समय संक्रमित संख्या निकै बढिरहेको छ । पुनः एकपटक विश्वमै कोरोना भाइरसले आतंक मच्चाएको छ । कोरोनाको दोस्रो र तेस्रो लहर नियन्त्रण गर्न विभिन्न देशले खोप लगाउने व्यक्तिलाई आकर्षित पार्ने योजना सार्वजनिक गरिरहेका छन् । भारतको राजधानी नयाँदिल्लीमा खोप लगाउने व्यक्तिले वार्षिक पाँच प्रतिशत कर छुट पाउनेछन् । यसैगरी, गुजरातको मोरबी जिल्लाले स्वर्ण योजना ल्याएको छ । मोरबी जिल्लामा स्वर्णकार समाज नै गठन भएको छ । समाजले खोप लगाउने महिलालाई सुनको रिङ तथा पुरुषलाई औँठी दिने भएको छ । अहिलेसम्म यस योजनाबाट एक हजार तीन सय ३१ जना महिला लाभान्वित भएका छन् । रुसले खोप लगाउने व्यक्तिलाई आइसक्रिम निःशुल्क भनेको छ ।

८० प्रतिशत खोप वितरण भइरहेको इजरायलले केक, पिज्जा र पेस्ट्रिक सित्तैमा बाँड्ने घोषणा गरेको छ । विश्वमा संक्रमित संख्याको हिसाबले अमेरिका शीर्ष स्थानमा छ । जो बाइडेन प्रशासनले अमेरिकामा भ्याक्सिन वितरण कार्यक्रमलाई तीव्र बनाउन खोप लिएका नागरिकले फ्री भिडियो गेमको एप्स डाउनलोड गर्न सक्ने जनाएको छ । साथै, विभिन्न डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न जाँदा केही प्रतिशत छुट पाउने पनि भनिएको छ । अमेरिकाका केही कम्पनीले आफ्ना कर्मचारीलाई कोरोनाबाट सुरक्षित राख्न अनिवार्य खोप लिनुपर्ने निर्देशन दिएका छन् । ती कम्पनीले खोप लगाएका कर्मचारीलाई दुई सय ५० डलर बोसनका रूपमा दिने घोषणा पनि गरेका छन् । यति मात्र नभएर ती खोप लगाएका कर्मचारीले आफूले चाहेको समयमै दुई दिनको बिदा लिन सक्छन् । अन्य देशको तुलनामा अमेरिकामा थप आकर्षक उपहार योजना सार्वजनिक भइरहेको छ । अमेरिकाका विभिन्न राज्यले आफ्ना नागरिकलाई भ्याक्सिनप्रति आकर्षित गराउने धेरै किसिमका योजना सार्वजनिक गरेका छन् । म्याक डोनाल्ड, एटी एन्ड टी, इन्साकोर्ट, टे«डर जोस तथा काबानीजस्ता विश्वप्रसिद्ध कम्पनीले आफ्ना कर्मचारीलाई बिदा तथा नगद बोनस प्रदान गर्ने जनाएका छन् ।

ती कम्पनीले कर्मचारीलाई अफिसबाट खोप केन्द्रसम्म पुग्न ३० डलर दिने घोषणा गरेका छन् । यसैगरी, मिसिगनले भ्याक्सिन लगाउने वयस्कलाई सित्तैमा गाँजा उपलब्ध गराउने भएको छ । जापानले पनि योजना सार्वजनिक गरेको छ । सरकारका एक मन्त्री तारो कानोले हालै एक अन्तर्वार्तामा खोप लगाएका नागरिकले जापानमा उपलब्ध हुने महँगो परिकार ‘ग्योझा’ दिने बताएका छन् । ग्योझा एक किसिमको पकौडा हो । संयुक्त अरब इमरेट्सका रेस्टुरेन्टहरूले ग्राहक बढाउन आकर्षक योजना बनाएका छन् । दुबईका केही महँगा तथा नाम चलेका रेस्टुरेन्टले कोरोनाको पहिलो खोपमा ९० तथा दोस्रो खोपमा ८० प्रतिशत छुट दिने जनाएका छन् । मेक्सिकोमा खोप लगाएका व्यक्तिले मन परेको ब्यान्ड बाजा बजाउन सक्छन् । कोरोना महामारीका वेला ठूला महोत्सव आयोजनाको अनुमति दिने चीनले पनि खोपप्रति जागरुक गराउन योजना सुरु गरेको छ । बेइजिङका कैयौँ सपिङ सेन्टरले आइसक्रिम बाँड्ने योजना ल्याएका छन् । ६० वर्षमाथिका वृद्धवृद्धालाई पहिलो खोपमा एक बक्स तथा दोस्रो खोपमा दुई बक्स अन्डा अफर गरिएको छ ।

-नयाँदिल्लीमा खोप लगाउने व्यक्तिले वार्षिक पाँच प्रतिशत कर छुट पाउनेछन्, गुजरातको मोरबी जिल्लामा खोप लगाएका महिलालाई सुनको रिङ दिने घोषणा भएको छ

-दुबईका केही महँगा तथा नाम चलेका रेस्टुरेन्टले कोरोनाको पहिलो खोपमा ९० तथा दोस्रो खोपमा ८० प्रतिशत छुट दिने जनाएका छन्, इजरायलमा खोप लगाएकाले केक, पिज्जा र पेस्ट्रिक सित्तैमा पाउने 

-अमेरिकाका केही कम्पनीले खोप लगाएका कर्मचारीलाई दुई सय ५० डलर बोनसका रूपमा दिने र दुई दिन बिदाको कार्यक्रम घोषणा गरेका छन्, खोप लगाउने केन्द्रसम्म जान कर्मचारीले ३० डलर पाउने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah