भारतको उत्तर प्रदेशमा रहेको कुशीनगरमा एक युवकले गाडीभित्र बसेका प्रहरी अधिकृतलाई गालामा चड्काएर भागेको भिडियो भाइरल बनिरहेको छ ।

जीपमा बसेर कुरा गरिरहेका प्रहरी अधिकृतले युवकको कोलर समातेर थप्पड हान्छन् । अनि युवक पनि प्रहरीलाई थप्पड हानेर भाग्छन् । अर्का प्रहरीले उनलाई लखेट्छन् । मोबाइलमा कसैले यो घटना खिचेर अप्लोड गरेको हो ।
कुशीनगरको पटहेरवा थाना क्षेत्रमा चौकी इन्चार्जले मास्क नलगाई घुम्ने मानिसहरूलाई चेक गरिरहेका थिए । यसै क्रममा जीपमा बसेका इन्चार्जले एक युवकलाई बोलाएर अनि किन मास्क नलगाएको भनी सोधे । त्यसपछि दुईजनाले तँ तँ म म गरे । पहिला प्रहरीले युवकलाई थप्पड हाने अनि युवकले पनि थप्पड फर्काए ।

अर्का प्रहरीले युवकलाई लखेटेको भए पनि उनी भाग्न सफल भए । अहिले प्रहरी ती युवकको खोजी गरिरहेको छ ।

भिडियो यहाँ उपलब्ध छ(क्लिक गर्नुहोस्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah