श्रृती जारगढ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० अप्रिलमा देशवासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ का कारण लागु गरिएको कडाइलाई इमानदारिताका साथ पालना गराउन युवाहरुलाई स–साना कमिटीहरु गठन गर्न आग्रह गरे । लकडाउन वा कडाइका अन्य मापदण्डबारे निर्णय लिने जिम्मा पनि उनले राज्य सरकारलाई नै दिए ।

अर्थात्, पहिलो लहरको दौरान लागु गरिएको देशव्यापी लकडाउन विपरीत यसपटक केन्द्र सरकारले विकेन्द्रीत निर्णयको नीति लिएको छ । यो रणनीति राम्रो हो वा होइन भन्ने समयले नै बताउला, तर स्थानीयलाई परिचालन गरेर कसरी भाइरसलाई परास्त गर्न सकिन्छ भन्नेबारे बुझ्न नीति–निर्माताहरुले पनि सफलताका कथा हेर्न जरुरी छ ।

जनसंख्याका आधारमा भारतसँग तुलना गर्न सकिने मुलुक चीनले कोभिड–१९ को फैलावटलाई अति तिव्र गतिमा नियन्त्रण ग¥यो । सुरुवातमा स्थानीय सरकारको खराब व्यवस्थापनमै अधिकांश मिडियाको ध्यान केन्द्रीत भए तापनि त्यसयता भाइरस नियन्त्रणका लागि चीनले अति कडा लकडाउनसँगै तिव्र गतिमा केन्द्रीय निर्देशिका जारी गर्‍यो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले यस चुनौतीसँग लड्नका लागि सबै स्रोतहरु परिचालन गरे । जमिनीस्तरमा सबैभन्दा महत्वपूर्ण भूमिका रेसिडेन्टल कमिटीहरु (आरसी) को रह्यो । आधिकारिक रुपमा यी कमिटी राज्यका निकाय होइनन् र यसलाई स्व–शासित भनेर परिभाषित गरिएको छ । तर, प्रभावकारी सुशासन र राजनीति नियन्त्रणका लागि यी कमिटीहरु कम्युनिष्ट पार्टीका साधन बन्ने गरेका छन् ।

उनीहरुलाई प्रशासनिक काम, नीति कार्यान्वयन, स्थानीय विवाद मिलाउने, सर्वसाधारणको निगरानी, सरकारका एजेन्सीहरूलाई सघाउने, स्वास्थ र सरसफाई, जेष्ठ नागरिकको हेरचाहलगायत कामका लागि म्यान्डेट दिइएको हुन्छ । महामारी सुरु भएपछि केही दिनसम्म दुविधा छायो र स्वयम्सेवकहरु व्यक्तिगत रुपमै लागे, त्यसपछि आरसीले आफ्नो काम थाल्यो ।

उदाहरणका लागि उहानमा ७ हजार १ सय ४८ वटा समुदायहरूलाई बन्द गरियो, सामुदायिक कामदारहरुले कडाइका साथ आगमन र बर्हिगमनको नियमलाई अनिवार्य गराए ।

महामारी नियन्त्रण अपरेशन वा अत्यावश्यक औषधि सेवाबाहेक टोलबाहिरका कसैलाई पनि छिर्न दिइएन, टोलभित्रका कसैलाई निस्कन दिइएन ।

टोलको गेटमा स्वयम्सेवकहरुलाई सिफ्ट–सिफ्टमा खटाइएको थियो र उनीहरुले पास चेक गर्थें । उनीहरुले टोलभित्रका मानिसहरुलाई परिवारका सदस्यहरुको स्वास्थ अवस्था सोध्नेका लागि कल पनि गर्थें । त्यसैगरी नियमित रुपमा ज्वरो जाँच्न तथा उनीहरुको ट्राभल हिस्ट्रीलगायतका विषयमा सूचना संकलन गर्न ढोका ढक्ढक्याउँथे ।

आरसी वकर्सहरुले सेल्फ–क्वारेन्टाइनमा बसेका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक खाद्यान्न घरमै पुर्‍याउँथे । अन्य महत्वपूर्ण कार्यहरुमा कन्ट्याक्ट ट्रेसिङ, हरेक व्यक्तिको नाम दर्ता तथा भेटघाट, बिरामीलाई समुदायको व्यवस्थापनमा राख्ने कार्य र उनीहरुलाई क्वारेन्टाइनका लागि तोकिएको स्वास्थ केन्द्रमा स्थानान्तरणलगायत थियो । ठूलो संख्यामा युवा र कलेजका विद्यार्थी र प्रायजसो पार्टीका सदस्यहरु ‘आरसी’मा स्वयंसेवकका रुपमा जोडिएका थिए । देशभर नै यस्तो मोडल आकर्षित थियो ।

यो प्रयास सुरक्षाका यो प्रयास महत्वपूर्ण छ भनेर राष्ट्रपति सी जिनफिङको नेतृत्वले चाडैं बुझ्यो । यसकारण श्रमिकहरुलाई राहत, स्वास्थ उपकरण, बिमा र अन्य संस्थागत सहयोग जुटाउन सहज भयो । तस्विर राम्रो मात्रै थियो भन्ने होइन । औषधि र खाद्यान्नको संकट भएको रिपोर्ट पनि आएको थियो ।

आरसी वकर्सहरु नै तनावमा थिए, उनीहरुको शारीरिक र मानसिक स्वास्थ खराब भयो र सर्वसाधारणको आक्रोश पनि उनीहरुले सामना गर्नुपर्‍यो ।

प्रशासनिक नियम र तालिमको कमीले पनि उद्धार प्रणालीलाई असर ग¥यो । तर, यी सबै चुनौतीका बाबजुद अहिले चीनमा सफलतापूर्वक महामारी नियन्त्रणमा छ । र, उहान र चीनका अन्य ठाउँमा भइरहेका उत्सवका तस्विरले संसारका अन्य कुनाका मानिसमा पनि आशा जगाएको छ ।

निश्चय नै भारतको अवस्था अति खराब छ । के चीन मोडलले भारतको वर्तमान जटिलताको कुनै जवाफ दिन्छ ? भारतका धेरै ग्रामिण क्षेत्रमा आवासिय संगठन र स्थानीय सरकारहरु छन्, जसले चीनमा आरसीहरुले जनशक्ती परिचालन गरेजसरी नै काम गर्नसक्छन् ।

यद्यपी केन्द्रीकृत योजना बिना यो संभव हुँदैन । स्रोत र अधिकारलाई केन्द्रदेखि स्थानीय संस्थाहरुसम्म पु¥याउन स्पष्ट च्यानल हुनुपर्छ । नागरिकस्तरीय कमिटीले मात्रै कानून र कडाई लागु गर्न खोज्दा द्वन्द्व निम्तनसक्छ र अधिकारप्राप्त व्यक्तिहरुलाई पनि थप स्वतन्त्रता मिल्नसक्छ । तर, यदी केन्द्रले स्रोत र शक्तिको अधिकार दिएका स्थानीय सरकारी संस्थाहरुको निर्देशनमा सही सूचना सम्प्रेषण, सेवा वितरण र सामाजिक दूरीको नियम प्रवद्र्धनका लागि स्वयंम्सेवकहरु परिचालित गर्नसके त्यो अति उपयोगी हुनसक्छ ।

आत्मनिर्भरताको योजनासहित राज्यहरुलाई उनीहरुकै स्रोतका आधारमा छोड्दा नीतिगत विभेद बढ्छ, फरक आर्थिक क्षमता र स्वास्थ पूर्वाधार भएका राज्यहरूबीच असमानता देखिन्छ ।

यस महामारीको प्रकृति हेर्दा अहिले समय केन्द्रीय नेतृत्वले अघि बढेर देशभर नीतिगत मापदण्डको संयोजन गर्नुपर्छ । अझै महत्वपूर्ण, राजनीतिक गुरुहरूले उदाहरणसहित नेतृत्व गर्नुपर्छ । सामाजिक दूरीको नियम तोड्ने र भोट प्राप्त गर्नका लागि सार्वजनिक ¥याली गर्ने कार्यले महामारी र आर्थिक विध्वंशको असर भोगिरहेका जनताको विश्वास जित्न सकिदैँन ।

(लेखक बेइजिङको पेकिङ विश्वविद्यालयमा चिनियाँ राजनीतिका विद्यार्थी हुन् । यो लेख इन्डियन एक्सप्रेसबाट अनुवाद गरिएको हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah