श्रृती जारगढ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० अप्रिलमा देशवासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ का कारण लागु गरिएको कडाइलाई इमानदारिताका साथ पालना गराउन युवाहरुलाई स–साना कमिटीहरु गठन गर्न आग्रह गरे । लकडाउन वा कडाइका अन्य मापदण्डबारे निर्णय लिने जिम्मा पनि उनले राज्य सरकारलाई नै दिए ।
अर्थात्, पहिलो लहरको दौरान लागु गरिएको देशव्यापी लकडाउन विपरीत यसपटक केन्द्र सरकारले विकेन्द्रीत निर्णयको नीति लिएको छ । यो रणनीति राम्रो हो वा होइन भन्ने समयले नै बताउला, तर स्थानीयलाई परिचालन गरेर कसरी भाइरसलाई परास्त गर्न सकिन्छ भन्नेबारे बुझ्न नीति–निर्माताहरुले पनि सफलताका कथा हेर्न जरुरी छ ।
जनसंख्याका आधारमा भारतसँग तुलना गर्न सकिने मुलुक चीनले कोभिड–१९ को फैलावटलाई अति तिव्र गतिमा नियन्त्रण ग¥यो । सुरुवातमा स्थानीय सरकारको खराब व्यवस्थापनमै अधिकांश मिडियाको ध्यान केन्द्रीत भए तापनि त्यसयता भाइरस नियन्त्रणका लागि चीनले अति कडा लकडाउनसँगै तिव्र गतिमा केन्द्रीय निर्देशिका जारी गर्यो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले यस चुनौतीसँग लड्नका लागि सबै स्रोतहरु परिचालन गरे । जमिनीस्तरमा सबैभन्दा महत्वपूर्ण भूमिका रेसिडेन्टल कमिटीहरु (आरसी) को रह्यो । आधिकारिक रुपमा यी कमिटी राज्यका निकाय होइनन् र यसलाई स्व–शासित भनेर परिभाषित गरिएको छ । तर, प्रभावकारी सुशासन र राजनीति नियन्त्रणका लागि यी कमिटीहरु कम्युनिष्ट पार्टीका साधन बन्ने गरेका छन् ।
उनीहरुलाई प्रशासनिक काम, नीति कार्यान्वयन, स्थानीय विवाद मिलाउने, सर्वसाधारणको निगरानी, सरकारका एजेन्सीहरूलाई सघाउने, स्वास्थ र सरसफाई, जेष्ठ नागरिकको हेरचाहलगायत कामका लागि म्यान्डेट दिइएको हुन्छ । महामारी सुरु भएपछि केही दिनसम्म दुविधा छायो र स्वयम्सेवकहरु व्यक्तिगत रुपमै लागे, त्यसपछि आरसीले आफ्नो काम थाल्यो ।
उदाहरणका लागि उहानमा ७ हजार १ सय ४८ वटा समुदायहरूलाई बन्द गरियो, सामुदायिक कामदारहरुले कडाइका साथ आगमन र बर्हिगमनको नियमलाई अनिवार्य गराए ।
महामारी नियन्त्रण अपरेशन वा अत्यावश्यक औषधि सेवाबाहेक टोलबाहिरका कसैलाई पनि छिर्न दिइएन, टोलभित्रका कसैलाई निस्कन दिइएन ।
टोलको गेटमा स्वयम्सेवकहरुलाई सिफ्ट–सिफ्टमा खटाइएको थियो र उनीहरुले पास चेक गर्थें । उनीहरुले टोलभित्रका मानिसहरुलाई परिवारका सदस्यहरुको स्वास्थ अवस्था सोध्नेका लागि कल पनि गर्थें । त्यसैगरी नियमित रुपमा ज्वरो जाँच्न तथा उनीहरुको ट्राभल हिस्ट्रीलगायतका विषयमा सूचना संकलन गर्न ढोका ढक्ढक्याउँथे ।
आरसी वकर्सहरुले सेल्फ–क्वारेन्टाइनमा बसेका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक खाद्यान्न घरमै पुर्याउँथे । अन्य महत्वपूर्ण कार्यहरुमा कन्ट्याक्ट ट्रेसिङ, हरेक व्यक्तिको नाम दर्ता तथा भेटघाट, बिरामीलाई समुदायको व्यवस्थापनमा राख्ने कार्य र उनीहरुलाई क्वारेन्टाइनका लागि तोकिएको स्वास्थ केन्द्रमा स्थानान्तरणलगायत थियो । ठूलो संख्यामा युवा र कलेजका विद्यार्थी र प्रायजसो पार्टीका सदस्यहरु ‘आरसी’मा स्वयंसेवकका रुपमा जोडिएका थिए । देशभर नै यस्तो मोडल आकर्षित थियो ।
यो प्रयास सुरक्षाका यो प्रयास महत्वपूर्ण छ भनेर राष्ट्रपति सी जिनफिङको नेतृत्वले चाडैं बुझ्यो । यसकारण श्रमिकहरुलाई राहत, स्वास्थ उपकरण, बिमा र अन्य संस्थागत सहयोग जुटाउन सहज भयो । तस्विर राम्रो मात्रै थियो भन्ने होइन । औषधि र खाद्यान्नको संकट भएको रिपोर्ट पनि आएको थियो ।
आरसी वकर्सहरु नै तनावमा थिए, उनीहरुको शारीरिक र मानसिक स्वास्थ खराब भयो र सर्वसाधारणको आक्रोश पनि उनीहरुले सामना गर्नुपर्यो ।
प्रशासनिक नियम र तालिमको कमीले पनि उद्धार प्रणालीलाई असर ग¥यो । तर, यी सबै चुनौतीका बाबजुद अहिले चीनमा सफलतापूर्वक महामारी नियन्त्रणमा छ । र, उहान र चीनका अन्य ठाउँमा भइरहेका उत्सवका तस्विरले संसारका अन्य कुनाका मानिसमा पनि आशा जगाएको छ ।
निश्चय नै भारतको अवस्था अति खराब छ । के चीन मोडलले भारतको वर्तमान जटिलताको कुनै जवाफ दिन्छ ? भारतका धेरै ग्रामिण क्षेत्रमा आवासिय संगठन र स्थानीय सरकारहरु छन्, जसले चीनमा आरसीहरुले जनशक्ती परिचालन गरेजसरी नै काम गर्नसक्छन् ।
यद्यपी केन्द्रीकृत योजना बिना यो संभव हुँदैन । स्रोत र अधिकारलाई केन्द्रदेखि स्थानीय संस्थाहरुसम्म पु¥याउन स्पष्ट च्यानल हुनुपर्छ । नागरिकस्तरीय कमिटीले मात्रै कानून र कडाई लागु गर्न खोज्दा द्वन्द्व निम्तनसक्छ र अधिकारप्राप्त व्यक्तिहरुलाई पनि थप स्वतन्त्रता मिल्नसक्छ । तर, यदी केन्द्रले स्रोत र शक्तिको अधिकार दिएका स्थानीय सरकारी संस्थाहरुको निर्देशनमा सही सूचना सम्प्रेषण, सेवा वितरण र सामाजिक दूरीको नियम प्रवद्र्धनका लागि स्वयंम्सेवकहरु परिचालित गर्नसके त्यो अति उपयोगी हुनसक्छ ।
आत्मनिर्भरताको योजनासहित राज्यहरुलाई उनीहरुकै स्रोतका आधारमा छोड्दा नीतिगत विभेद बढ्छ, फरक आर्थिक क्षमता र स्वास्थ पूर्वाधार भएका राज्यहरूबीच असमानता देखिन्छ ।
यस महामारीको प्रकृति हेर्दा अहिले समय केन्द्रीय नेतृत्वले अघि बढेर देशभर नीतिगत मापदण्डको संयोजन गर्नुपर्छ । अझै महत्वपूर्ण, राजनीतिक गुरुहरूले उदाहरणसहित नेतृत्व गर्नुपर्छ । सामाजिक दूरीको नियम तोड्ने र भोट प्राप्त गर्नका लागि सार्वजनिक ¥याली गर्ने कार्यले महामारी र आर्थिक विध्वंशको असर भोगिरहेका जनताको विश्वास जित्न सकिदैँन ।
(लेखक बेइजिङको पेकिङ विश्वविद्यालयमा चिनियाँ राजनीतिका विद्यार्थी हुन् । यो लेख इन्डियन एक्सप्रेसबाट अनुवाद गरिएको हो ।)



