बिराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण प्रभावित क्षेत्र अनुसार जिल्लामा निषेधाज्ञाको खाका अघि बढाउने तयारी गरेको छ । शुक्रबार प्रशासन कार्यालयस्थित डिसिएमसी बैठकबाट यस विषयमा ठोस निर्णय हुने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए।

महानगरपालिका क्षेत्रमा दैनिक संक्रमितको संख्या बढ्दै गरेको हुँदा सतर्कताका साथ रहन आग्रह गर्दै प्रजिअ निरौलाले शनिबार या आइतबारदेखि एकसातासम्मका लागि निषेधाज्ञा गर्न सकिने बताए।बैठकमा सबै सरोकारवालासँग छलफल गरिसकेपछि कुन दिन र कति दिन निषेधाज्ञामा जाने भन्ने विषयले अन्तिम रुप पाउने उनको भनाई छ ।

प्रशासनले जिल्लाभर एकैपटक निषेधाज्ञा लगाउने भन्दा पनि संक्रमित संख्या बढि देखिएको स्थान प्राथमिकतामा रहने जनाएको छ। प्रशासनले कोरोना संक्रमितको संख्या बढ्दै गएको महानगरपालिका र महानगरपालिकासँग जोडिएका पालिकामा निषेधाज्ञा गर्ने तयारी गरेको छ। मोरङमा गएको एकसातामा ७ सय १७ जनामा संक्रमण पुष्टि भएको छ।विराटनगर महानगरपालिकामा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah