भारतको बिहारमा एम्बुलेन्स विवादका कारण राजनीति तातेको छ ।
भारतीय जनता पार्टीका सांसद राजीव प्रताप रुडीले दर्जनौं एम्बुलेन्स उपयोग नगरी राखिरहेको भन्दै विवाद भएकोमा एम्बुलेन्सले बालुवा बोलेको भिडियो सार्वजनिक भएको छ ।
पूर्व सांसद पप्पु यादवले भिडियो ट्विटरमा अप्लोड गरेका हुन् ।
भिडियो एम्बुलेन्स राखिएको र त्यसमा राजीव प्रताप रुडी लेखिएको देखिन्छ । एम्बुलेन्स पछाडि बुलेट बाइक देखिन्छ र नजिकै बालुवाको ढिस्को छ । बालुवाका बोराहरू एम्बुलेन्समा राखिएको देखिन्छ ।
तीनजना मिलेर बालुवालाई एम्बुलेन्समा लोड गरेको देखिन्छ भने दुईजनाले सहायता गरिरहेको देखिन्छ ।
त्यसअघि छपराको अमनौरमा विश्व प्रभा सामुदायिक केन्द्र परिसरमा दुई दर्जन एम्बुलेन्स थिए । तिनलाई छोपेर राखिएको थियो । छपरा रुडीको गाउँ हो । पप्पु यादवले शुक्रवार एम्बुलेन्सको कभर हटाएका थिए ।
एम्बुलेंस का राजीव प्रताप रूडी जी बालू ढोने में बहुत बेहतरीन उपयोग कर रहे थे। इसके लिए उनके पास ड्राइवर भी उपलब्ध था।
लेकिन बीमारों की मदद के लिए एम्बुलेंस चलाने के लिए ड्राइवर नहीं था। @RajivPratapRudy @PMOIndia pic.twitter.com/IoCgG020ZC
— Pappu Yadav (@pappuyadavjapl) May 8, 2021



