राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाले दमकका बिभिन्न ठाँउहरुमा बम राखेर जनजिबनलाइ आतंकित पार्ने काम भएको भन्दै यस्तो कार्य तत्काल रोक्नलाई आग्रह गरेको छ ।
मंगलवार बिहान प्रेस बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानले बिभिन्न स्थानमा उम्मेद्वार र मतदान केन्द्र छेउमा बम राखिनु खेद जनक भएको टिप्पणी गरेको छ ।
जनताको अधिकारको सुरक्षा र भयरहित अवस्थामा निर्वाचन गराउन सरोकारवाला निकायसंग जोडदार माग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष नबिन चापागाइ, बरिष्ठ उपाध्यक्ष धनञ्जय बास्कोटा र सह सचिब चैतन्य बरालले बिज्ञप्ति जारी गरेर निर्वाचनलाइ बिथोल्ने कार्य जो बाट भएपनि निन्दनीय भएको भन्दै यस्तो कार्य रोक्न माग गरेकाछन् ।



