निर्वाचनको अघिल्लो दिन बम राखेर आंतकित बनाउन खोजिएको भएपनि बुधबार बिहान देखि सर्वसाधरणहरु मतदानका लागि आतुर भएर मतदान केन्द्र पुगेर मतहाल्न थालेकाछन् ।
उम्मेदवारहरु आफ्नो मतदान केन्द्रमा गेटमा नै बसेर मतदाताहरुलाइ भेटेर आफ्नो प्रभावमा पार्ने कसरत गरिरहेको पनि भेटिएको छ ।
केहि ठाँउमा पानीले केहि समस्या भएपनि अहिले सबैतिर मतदान शुरु भएको र उत्साहजनक सहभागिता भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । पर्यवेक्षक तथा सञ्चारकर्मीहरु समेत मतदान केन्द्रहरुमा पुगेकाछन् ।
नेपाली प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले मतदान स्थललाइ कडा सुरक्षा घेरामा राखेकाछन् । जिल्ला प्रशासन कार्यालय झापाले पास उपलब्ध गराएका सवारी साधन बाहेकका अन्य सवारी साधनहरु खासै कुदेका छैनन् ।
सडकहरु बिहान सुनसान भएपनि अहिले भने मतदाताको ओहोरदोहोर चहलपहल देखिन थालेको छ । साइकलहरुमा मतदाताहरु ओसार्ने काम भएको पनि देखिएको छ ।



