इन्डियन मेडिकल एसोसिएनसँग विवाद गरिरहेका बाबा रामदेवले आफूलाई कसैले पनि पक्राउ गर्न नसक्ने भनी चुनौती दिएका छन् ।
बुधवार रामदेवको नयाँ भिडियो सार्वजनिक भएको हो जसमा उनले भनेको सुनिन्छ, ‘तिनीहरूको बाउले पनि मलाई पक्राउ गर्न सक्दैनन् तर हल्ला गरिरहेका छन् ।’
त्यस भिडियोलाई कांग्रेसका नेता गौरव पान्धीले ट्विटरमा शेयर गरेका छन् र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गर्दै कारवाही चलाउने हो कि हैन भनी सोधेका छन् ।
एलोप्याथी बेकारको छ र कोरोना लागेका रोगी एलोप्याथिक औषधिका कारण नै मरिरहेका छन् भनी रामदेवले दिएको बयानपछि आईएमएले उनीविरुद्ध कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।
रामदेवलाई बयान फिर्ता लिन र लिखित माफी माग्न आईएमएले कानूनी सूचना पठाएको छ । नमानेमा उनीहरू एक हजार करोड भारुको मानहानि मुद्दा लगाइने भनिएको छ ।
Ramdev challenges Modi Govt into arresting him, says "UNKA BAAP BHI ARREST NAHI KAR SAKTA"
Over to you, @narendramodi @AmitShah !!
— Gaurav Pandhi (@GauravPandhi) May 25, 2021



