पश्चिम बंगाल विधानसभा निर्वाचनका बेलामा मुख्यमन्त्री ममता बनर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध बिग्रिएकोमा अहिले पनि शीतयुद्ध जारी छ ।

चक्रवाती तुफान यासले गरेको क्षतिको निरीक्षण गर्नका लागि पश्चिम बंगाल पुगेका मोदीलाई ममताले अपमान गरेको मोदीले भुलेका छैनन् । त्यसैले केन्द्र सरकारले ममताका मुख्यसचिव अलपन बन्द्योपाध्यायलाई केन्द्रमा तान्ने निर्णय लियो ।

तर ममताले पत्र लेखेर बन्द्योपाध्यायलाई पश्चिम बंगालबाट कतै पनि नपठाउने बताएकी छन् ।

उनले संविधान र कैयौं नियमको कुरा झिकेर मुख्यसचिवको सरुवा गलत रहेको बताएकी छन् । राज्य सरकारले संकटको घडीमा आफ्नो मुख्यसचिवलाई छोड्न नमिल्ने जिकिर पनि उनले गरेकी छन् ।

राज्य सरकारको अनुरोध मानेर केन्द्र सरकारले मुख्यसचिवको कार्यकाल तीन महिना बढाएकोमा अहिले आएर निहुँ खोजेको ममताको भनाइ छ ।

केन्द्र सरकारले सोमवार बिहानसम्म केन्द्रमा हाजिर हुन अलपन बन्द्योपाध्यायलाई निर्देशन दिएको भए पनि उनले अटेरी गरेर पश्चिम बंगालमै काम गरिरहे ।

केन्द्र सरकारले उनीमाथि अनुशासनात्मक कारवाही गर्नसक्ने सम्भावना छ । नियमअनुसार, केन्द्र र राज्य सरकारबीच कुनै अधिकारीको विषयमा विवाद भएमा केन्द्र सरकार नै हावी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah