नयाँ दिल्ली– कोरोना महामारीका कारण हाम्रो शरीरको अक्सीजन लेभल मापन गर्ने अक्सीमीटर अहिले हरेक घरको आवश्यकता भएको छ ।

कोरोनाको दोस्रो लहरबाट संक्रमित हुने धेरै मानिसको अक्सीजनको स्तर कम भइरहेको छ ।

रगतमा अक्सीजनको स्तर नाप्नका लागि अक्सीमिटरको आवश्यकता पर्छ ।

बजारमा विभिन्न कम्पनीका अक्सीमीटरहरु उपलब्ध छन् ।

अहिले भारतमा डिटेल प्रोले सबैभन्दा सस्तो अक्सीमिटर लञ्च गरेको छ ।

डिटेलले यसअघि सबैभन्दा सस्तो फीचर फोन लञ्च गरेर पनि रेकर्ड बनाएको थियो ।

यो अक्सीमिटरको विशेषता र मूल्य अन्य अक्सीमीटरभन्दा फरक छ ।

संसारको सबैभन्दा किफायती अक्सीमिटर ओएक्सवाई १० को मूल्य केवल २९९ रुपैयाँ भारु अर्थात ४ सय ८० रुपैयाँ हो ।

डिटेल प्रो पल्स अक्सीमीटरलाई कम्पनीको आधिकारिक वेबसाइटमार्फत किन्न सकिन्छ ।

डीटेल प्रो ओएक्सवाई १० मा लिड डिस्प्ले छ, जसको सहयोगले सजिलै नतिजा हेर्न सकिन्छ ।

यो एउटा प्लस अक्सीमिटर हो, यसबाट प्लस र अक्सीजनको स्तर दुवैको बारेमा जानकारी प्राप्त हुन्छ ।

डिटेल प्रो पल्स अक्सीमीटरमा अटो शट–अफको सुविधा पनि समावेश छ, जुन ८ सेकेन्डसम्म पनि कुनै संकेत प्राप्त नहुँदा सक्रिय हुन्छ ।

यस अक्सीमीटरलाई एउटा बटमबाट सञ्चालन गर्न सकिन्छ ।

डीटेल प्रो ओएक्सवाई १० अक्सीमीटरका साथ कम्पनीले विभिन्न किसिमका सुविधाहरु पनि दिइरहेको छ ।

डीटेल प्रो ओएक्सवाई १० का साथ दुई जना डाक्टरको निशुल्क परामर्श पनि प्राप्त गर्न सकिन्छ ।

यस बाहेके ६ महिनाको वारेन्टी पनि प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah