अमेरिकाका राष्ट्रपति जो बाइडनलाई पत्नी जिलले ध्यान देऊ भन्दै थर्काएकी छन् ।
बुधवार राति बेलायतमा अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्ने क्रममा जिलले जोलाई ध्यान दिन भनेकी हुन् ।
‘जो, ध्यान देऊ,’ जिलले भनिन् ।
रोयल एयर फोर्स मिल्डेनहलमा वायुसेनाका जवानलाई सम्बोधन गर्ने क्रममा उनले भाषण गरेकी थिइन् ।
उनले जवानहरूलाई बस्न भनेकी थिइन् । राष्ट्रपति बाइडन उनीपछाडि उभिएका थिए । उनले जवानहरू राम्ररी बसे कि बसेनन् भनी पछाडि फर्केर हेरेका थिए ।
त्यो देखेपछि जिलले जोलाई ध्यान देऊ भनेकी हुन् ।
जिलको कुरा सुनेपछि जोले उनलाई सलाम गर्दै हस् भनेका थिए । अनि सबैजना गलल्ल हाँसेका थिए ।
आफ्नो छोटो भाषणमा उनले सैनिकहरूलाई देशसेवाका लागि धन्यवाद दिएकी थिइन् ।



