प्रेरणास्पद सोचको नाममा हिन्दूहरूको धर्म परिवर्तन गराउने दुईजना मौलवीलाई उत्तर प्रदेशको प्रतिआतंकवादी टोली (एटीएस) ले लखनउबाट पक्राउ गरेको छ ।
एटीएसको टोलीले चार दिनदेखि यिनीहरूसँग सोधपुछ गरिरहेको थियो । पाकिस्तानको गुप्तचर निकाय आईएसआईले पनि यिनीहरूमा लगानी गरेको थियो ।
पक्राउ परेका मौलाना जहाँगीर र उमर गौतम लखनउस्थित एक ठूलो मुसलमान संस्थामा जोडिएका छन् । एटीएस अधिकारीहरूका अनुसार, यी मौलवीहरू गरीब हिन्दूलाई तारो बनाउँथे । अहिलेसम्म उनीहरूले लगभग एक हजार हिन्दूहरूको धर्म परिवर्तन गराइसकेका छन् । तीमध्ये धेरैजसो सुन्न बोल्न नसक्ने अपांगता भएका महिला छन् ।
रामपुरको एक गाउँमा दुईजना हिन्दू बालबालिकालाई जबर्जस्ती खतना गरेर धर्मान्तरण गराउन पक्राउ परेकामध्ये एक मौलवीको हात रहेको बताइएको छ ।
यी दुवै मौलवीहरू पश्चिमी उत्तर प्रदेशमा बस्छन् । विदेशमा सञ्चालित एक मुस्लिम संगठनले पनि यिनीहरूलाई लगानी गरेको बताइन्छ ।
यिनीहरूले दावा इस्लामिक सेन्टर नामक संस्था चलाउने गरेका छन् । जुन ३ मा दिल्लीको डासना मन्दिरमा दुईजना मुसलमान किशोरहरूले पुजारीमाथि आक्रमणको प्रयास गरेका थिए । दुवैलाई पक्राउपछि सोधपुछ गर्दा मौलाना उमर र जहाँगिरको बारेमा जानकारी प्राप्त भयो ।



