झापाको दमकको वडा नं. १ मत परिणाममा नेकपा एमालेले आफ्नो अग्रतालाइ धेरै माथि पुर्याएको छ । झिनो मातन्तर रहदै आएकोमा पछिल्लो १० बजेको मत परिणामले एमालेको अग्रता बढेको पाइएको हो । उपमेयरमा एमाले र काँग्रेसबीच कडा टक्कर भएको छ ।
एमाले
मेयर ६५१
उपमेयर ६५५
माओबादी केन्द्र
मेयर ५१५
उपमेयर ३३१
राप्रपा
मेयर ५०४
उपमेयर ३८५
नेपाली काँग्रेस
मेयर ३१५
उपमेयर ३८५
मत परिणाम प्रत्येक पल्ट फरक खालको आउने गरेको छ । एमालेलाइ कहिले माओबादीले त कहिले राप्रपाले पछ्याउदै आएको छ । काँग्रेसको मत भने एकै किसिमले अघि बढेको छ । मेयर र उपमेयरमा काँग्रेसमा मतान्तर धेरै रहेको पाईएको छ ।
दमक नगरपालिकाको गेट अगाडि सर्वसाधरणहरु राती अबेरसम्म पनि उत्सुकताका साथ मत परिणाम सुन्न बसेकाछन् । तर ढिला गरि मत परिणाम आउदा उनिहरु आक्रोशित समेत भएकाछन् । नगरपालिका अगाडि सूचनाका लाडि डिजिटल बोर्ड रखिएको छ ।



