म्यानमार (बर्मा) कि नोबेल पुरस्कार विजेता नेतृ तथा वर्तमान स्टेट काउन्सिलर आङ सान सुकीले नेपालको शान्ति प्रक्रियाको विषयमा टिप्पणी गर्दै नेपालको यो सफलतालाई पाठ्य पुस्तकमा समावेश गर्न सल्लाह दिएकी छिन् ।

माओवादी द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रिया कसरी सम्पन्न भयो र सो प्रक्रियाले नेपाली युवाको पुर्नस्थापनमा कस्तो प्रभाव पर्यो सो विषयमा जान्न आफू पनि ईच्छुक भएको बताउँदै उनले यस्ता कुरा पाठ्य पुस्तकमा रहनुपर्ने र त्यसले भविष्यका सन्ततिलाई ठूलो ज्ञान हुने बताएकी छिन् ।

भारतमा अध्ययन गरेकी सुकी नेपालप्रति आत्मिय भाव राख्दछिन । उनले नेपालका राजदूतलाई लुम्बिनीको विकासका लागि म्यानमार मिलेर काम गर्न उत्सुक रहेको बताउँदै म्यानमारी युवाले धार्मिक मात्र होइन पदयात्रा पर्यटनका लागि समेत नेपालको भ्रमण गर्ने बताईन ।

आफूले काठमाडौंका सडकमा साइकल चलाएर हिंडेका दिनको सम्झना गर्दै सुकीले अहिले पोखरा कति परिवर्तन भयो भनेर समेत जिज्ञासा राखिन । साथै उनले मनाङ र मुस्ताङ विदेशी पर्यटकका लागि खुल्ला गरियो कि गरिएन भनेर समेत कौतहुलता व्यक्त गरेकी थिइन ।

म्यानमारको लागि नेपाली राजदूत भिम उदासले सद्भावना भेटघाट गर्न गएको बखत् विश्व प्रसिद्ध लोकतान्त्रिक नेतृ सुकीले नेपालको विषयमा कुरा गरेकी हुन् । यांगुनमा रहेको म्यानमारका लागि नेपालको राजदूतावासबाट जारी प्रेस विज्ञप्तीमा सो कुरा जनाइएको छ ।

उक्त अवसरमा राजदूत उदासले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्यो भन्ने जानकारी दिंदै नेपाल अब आर्थिक र सामाजिक प्रगतिको मुखैमा पुगेको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah