इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ। स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षका  धनबहादुर राईको बुधबार बिहान पौने ८ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले  बताए।
खुकुरी प्रहारबाट धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यामबहादुरले किन हत्या गरे भन्ने कारण खुल्न नसकेको एसपी श्रेष्ठले बताए। यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah