कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ। सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ। साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ। जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए।शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah