मोरङमा सवारी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा लेटाङ नगरपालिका–३ मा अनियन्त्रित भई बिहीबार राति करिब ११ बजे दुर्घटना भएको हो ।
उक्त दुर्घटना परी चारजना घाइते भएका छन् । घाइते मध्ये मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



