अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका छन्।

तालिबान काबुलमा आएसँगै त्यहाँबाट बाहिरिन चाहेका नागरिकको भिडभाड रहेका बेला अमेरिकी सैनिकले काबुलमा रहेको हामिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएका हुन्।

अमेरिकी सैनिकले काबुलको एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिएको छ। उसले आफ्ना नागरिक तथा कर्मचारीहरु तथा सहयोगी देशका कर्मचारी तथा नागरिकको उद्धारलाई प्राथमिकता दिएको छ।

अधिकांश व्यवसायिक उडानहरु रद्द भएका छन्। तालिबान बिद्रोहीहरु काबुल प्रवेश गरेसँगै बाहिरिन चाहने काबुलका बासिन्दाहरु विमानस्थल तर्फ गएको भिडभाडसहितका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्।

अमेरिकी सैनिकले सोमबार बिहान विमानस्थलमा अत्यधिक भिडभाड भएका कारण अवस्था नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको पनि जनाएको छ।

विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विशेष भिसाका लागि योग्य भएका अफगान (अमेरिकी सैन्य अभियानको क्रममा सहयोग गरेकाहरु) नागरिकको उद्धारलाई प्राथमिकता दिइने उल्लेख छ। विशेष भिसामा गएको दुई हप्तामा झण्डै दुई हजार मानिस अमेरिका पुगेको पनि जनाइएको छ।

अमेरिकासहित नेटोमा आवद्ध देशहरुले विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरि आफ्ना सैनिक फिर्ता लैजान थालेसँगै तालिबानले आफ्नो नियन्त्रण बनाउन थालेको थियो।

तालिबानको कब्जामा अफगानिस्तान आए पनि सैनिक फिर्ताको प्रक्रिया पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने एक उच्च अमेरिकी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

तस्बिर: एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah