काठमाण्डाै – याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे ।
जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।
यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे छ । र रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिक देखिइरहेका छन् ।
यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्याे । पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि देखियाे ।
साेमवार काबुल विमानस्थलमा भागदाैडकाे अवस्था देखियाे ।
मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे देखियाे । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियाे ।
विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ । https://twitter.com/VoiceDemocrats/status/1427263146864087042?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1427263146864087042%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F57276%2F2021%2F8%2F16%2Fwhen-people-from-plane-in-kabul



