काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको बताउनुभयो ।

महिला अधिकारको सम्मान गर्ने तालिबानको भनाई छ । महिलाहरुले सरिया कानुन मान्नुपर्ने तर उनीहरुले डराउनुपर्ने कारण नरहेको बताउँदै प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभयो । आफूहरुले अब कुनै पनि शत्रु नचाहेको बताउँदै तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन् । यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर निजी क्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा पनि ढुक्क रहन आग्रह गरेको छ ।

तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको छ । पछिल्ला केही दिनको तुलनामा हिजो काबुलको अवस्था निकै शान्त भएको बीबीसीले जनाएको छ । तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएका खबरमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah