धरान। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णयको विरोध गर्दै धरानका श्रमिकहरु आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा भदौ ४ गते देखि १३ गतेसम्मका लागि जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्ने निर्णय भए लगतै उनीहरुले बुधबार दिउँसो धरानका मेयर तिलक राईलाई लकडाउनको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएर श्रमिक विरोधमा उत्रिएका हुन्।
लकडाउनका कारण आर्थिक अभाव भोग्नुपरेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन् । लकडाउन मान्न आफूहरू तयार नभएको कोरोना महामारी नियन्त्रण गर्न खोप सबैलाइ उपलब्ध गराउनु पर्ने उनिहरुले बताए । गरिखान देऊ, लकडाउन गर्न पाइँदैन, श्रमिकलाई मार्न पाइँदैन लेखिएका ब्यानर तथा प्ले कार्ड बोकेर श्रमिक प्रदर्शनमा उत्रिएका छन् ।



