जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिनुहुने भएको छ ।
एक वर्षअघि सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारीसम्हाल्नुभएका सुगाले यही महिना राजीनामा दिने बताउनुभएको बीबीसीले जनाएको छ। सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने बताउनुभएको छ।
जापानमा आगामी नोभेम्बरमा संसदीय दलको चुनाव हुने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै प्रधानमन्त्री सुगाको आलोचना भइरहेको छ।



