काठमाडौं । संखुवासभाको मादी नगरपालिका(१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले केही बेरअघि प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकालेको छ ।

‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराईन्छ।’

९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको भदौ २१ गते हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भतिजा नातेदारका लोकबहादुर कार्कीलाई पक्राउ गरी कारवाही अघि बढाइसकेको छ । लोकबहादुरले आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah