काठमाण्डाै – भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका छन् ।

डुबानका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।

लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको छ।

कुनै-कुनै जिल्लामा हिजो एकैदिनमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

अन्तिम अपडेट: असोज १, २०७८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah