इक्वेडरको जेलमा दुई पक्षबीच भएको भिडन्तमा कम्तीमा ११६ जना मारिएका छन् भने ८० जना घाइते भएका छन् । यो भिडन्तपछि जेलमा आपत्कालीन स्थिति घोषणा गरिएको छ ।

इक्वेडरको जेलमा हालसम्म भएका भिडन्तमध्ये यो सबैभन्दा ठूलो भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ती अधिकारीहरुका अनुसार, हिंसामा मारिएका कतिपयको टाउको र शरीर अलग पारिएको छ ।

राष्ट्रपति गुलेर्मो लासोले बुधबार आपत्कालीन स्थिति घोषणा गरेका हुन् । आपत्काल लगाएपछि जेलमा सुरक्षाकर्मीको उपस्थिति बलियो पार्ने समय मिलेको छ । इक्वेडरका अधिकारीहरूले अन्तर्राष्ट्रिय मादक पदार्थ तस्करीसँग जोडिएको गिरोहले जेलमा हिंसा मच्चाएको बताएका छन् ।

राष्ट्रपति लासोले जेलमा भएको हिंसालाई ‘खराब र दुःखद’ बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेसम्म पनि जेलमा सुरक्षा अवस्था मजबुद पारिएको छ भन्ने सक्ने अवस्था छैन । स्थिति अझै नियन्त्रणमा आइसकेको छैन ।

आपराधिक गिरोहको वर्चस्वको लडाइँको मैदान जेल बन्न पुगेको छ, जुन खेदको कुरा हो ।’

उनले टिरल जेलको अवस्था सामान्य पार्न र हिंसा अन्त्य गर्न भरमग्दुर प्रयास भइरहेको बताएका छन् । आफ्नो सरकारले ‘दृढता’का साथ काम गरिरहेको पनि उनले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah