शहरी क्षेत्रमा सार्वजनिक र निजी सवारीसाधनका कारण ट्राफिक जाम हुने गरेको छ । भारतको राजस्थानमा सडक जामका कारण सुत्केरी व्यथा लागेकी महिलाले दुःख भोग्नुपरेको छ । व्यथा लागेपछि महिलालाई भरतपुरको जिल्ला अस्पताल लैजान खोजिएको थियो । तर सडकमा प्रदर्शन र ट्राफिक जामका कारण उनलाई कुनै गाडी मिलेन । व्यथाले च्यापेकी महिलाले बाटोमै बच्चा पाइन् । सडकमै रहेकी एक शिक्षिकाले मानवता देखाउँदै उनलाई सहयोग गरिन् ।
भरतपुरको गोविन्दपुरा गाउँकी पिंकी देवी देउरानीसँगै अस्पताल जान लागेका बेला सडकमै बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यत्ति नै बेला निठार गाउँको स्कूलबाट फर्किरहेकी शिक्षिका चित्रलेखा शर्माले दुपट्टा र स्थानीयसँग मागेको कपडाले घेरेर सहयोग गरेकी थिइन् ।

सडकमा टोलकर्मी र ट्रक चालकबीच विवाद हुँदा ट्राफिक जाम भएको थियो । प्रहरीले सडकमै बच्चा जन्मिएको थाहा पाएपछि सम्झाइबुझाई गरेर जाम खोलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah