दमक/ नेपाली कांग्रेस दमकको नव निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम गरिएको छ । कांग्रेस को १४ औं महाधिवेशन अन्तर्गत दमक नगर समितिको १० असोजमा सम्पन्न नगर अधिवेशनबाट निर्वाचित सभापति प्रकाश प्रसाइँलाई तत्कालिन नगर सभापति रोशन विष्टले शुक्रबार आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका हुन ।

पार्टीका पूर्व जिल्ला सभापति एवं बयोबृद्ध नेता पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभापतिको कार्यभार सम्हाल्दै नव निर्वाचित सभापति प्रसाइँले दमकमा कांग्रेस भित्र कुनै गुट उपगुट नरहने र सबैको भावनाको कदर गरेर अघि बढने उदघोष गरे ।

उनले कांग्रेसको नगर अधिवेशन लगत्तै दमकमा चौथोबाट दोश्रो स्थानमा उक्लिसकेको भन्दै अब दोश्रोबाट पहिलो स्थानमा पुरयाउने निर्णायक भुमिका सबैको काँधमा आएको पनि उल्लेख गरे । सभापति प्रसाइँले आफनो कार्यकाल भर आफूले व्यक्ति प्रवृत्ति नदेखाई सामुहिक भावना राखेर अघि बढने पनि बताए । उनले भने – आजैको मितिदेखि म भित्र हामीको भावना राखेर अघि बढनेछु । ममाथि तपाइँहरुले गर्नुभएको विश्वासमा घात हुन दिने छैन ।

कार्यक्रममा नगर सभापतिका निकटतम प्रतिस्पर्धी पर्शुराम रिजालले कांग्रेसको संगठनलाई चलायमान बनाउँदै सबैको अपनत्व महसुस हुने गरि यो नेतृत्वले काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए । निवर्तमान नगर सभापति एवं सभापती पदका अर्का प्रत्यासी रोशन विष्टले आफनो कार्यकालमा शुरु गरिएका कतिपय महत्वपूर्ण कामहरुको बारेमा चर्चा गर्दै ति कामहरुलाई अबको नेतृत्वले विना आग्रह पूर्वाग्रह अघि बढाउनु पर्ने सुझाव दिए । उनले आफनो कार्यकालमा नगरमा स्थानीय चुनावमा पार्टीले निर्वाचन जित्न नसकेको कारण आफनै नेतृत्वमा पार्टीलाई विजयी गराउने उद्धेश्यले मात्रै आफू १४ औं महाधिवेशनमा उभिएको तर्क गरे । विष्टले आफू सभापति नरहँदा पनि पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउने देखि पार्टीका हरेक कृयाकलापमा आफू सक्रिय भइरहने प्रतिबद्धता जनाए ।

हार्दिकतासंगै भयो घोचपेच
आशिंक रुपमा पद हस्तान्तरण कार्यक्रममा नेता कार्यकर्ताहरुबीच हार्दिकता देखिएपनि सार्वजनिक रुपमै कतिपयका बीचमा मन्तव्यका क्रममा घोचपेच भएको पनि देखियो । निवर्तमान सभापति विष्टले केही सिनियर अर्थात पाका नेताहरुलाई उछिनेर विगतका अधिवेशनमा युवा पुस्ता नेतृत्वमा आएको र अझै युवाहरु नेतृत्व लिन तयार रहेको अवस्थामा पाको उमेर हुँदै गएका नेताहरु नेतृत्वका लागि प्राथमिकतामा नपर्ने संकेत गरे । उनले मन्तव्यका क्रममा महासमिति सदस्य शेर बहादुर भट्टराई र दिलबहादुर बुढाथोकीको नामनै किटान गरेर पाको उमेर हुँदै गएको भनेपछि आफनो मन्तव्यको पालोमा नेताद्धय भट्टराई र बुढाथोकीले पनि त्यसको जवाफ फर्काए ।

भट्टराईले आफू पाको भएपनि पार्टीका हर काम र गतिबिधिमा सधैं सक्रिय भुमिका निर्वाह गर्न तयार रहेको तर युवा भनिएको नेतृत्वनै निस्क्रिय भुमिकामा रहेको आरोप समेत लगाए । बुढाथोकीले प्राकृतिक रुपमा समेत संगैका रुखका कुनै पात छिट्टै ओइलिएर झर्ने र कुनै अलि बढी समय सम्म टिक्ने भन्दै आफू टिकाउ हुने रुखको पात भएको संकेत गरे ।

कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत खसाल्ने कांग्रेस संगठन निर्माणमा युवाहरुको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । गत स्थानीय निर्वाचनमा दमक नगर प्रमुखको प्रत्यासी रहेका भण्डारीले निर्वाचनताका पार्टी बाहिरका उम्मेदवारलाई मत नखसाल्नेहरु कांग्रेस हुन नसक्ने उल्लेख गरे ।

उनले १४ औं महाधिवेशनमा आफू क्षेत्रीय सभापतिको उम्मेदवार भएको संकेत पनि गरे । अर्का वक्ता गौरादह नगरपालिकाका प्रमुख समेत रहेका पार्टी महासमिति सदस्य तथा प्रदेश सभा क्षेत्र क का सभापति रोहितकुमार साहले दमक आसपासमा कांग्रेसले सम्मानजनक जित हासिल गर्दै गर्दा दमकमा आएको निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै यसका पछाडीको कारण पार्टी भित्र खोजिनुपर्ने बताए । मञ्चमा बसेर वक्ता नेताहरुको मन्तव्य सुन्दै कतिपय नेताहरु मुखामुख गरेका देखिन्थे ।
पहिलो चरणको सो कार्यक्रम नगर सभापति विष्टको सभापतित्व र नगर सचिव युवराज खनालको सञ्चालनमा भएको थियो भने दोश्रो चरणको कार्यक्रम सभापति प्रसाइँको सभापतित्वमा नवनिर्वाचित सचिवद्धय रामचन्द्र अधिकारी र दिपेश दाहालले आलोपालो सञ्चालन गरेका थिए । कार्यक्रममा तत्कालिन नगर उपसभापति राजकुमार गौतमले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिबद्धता ब्यवहारमा देखाउन शर्माको सुझाव
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी बयोबृद्ध नेता पूर्णानन्द शर्माले आफनो मन्तव्यका क्रममा मतदाता तथा कांग्रेस कार्यकर्ताहरुले अधिवेशनमा देखिएका तीन समुहको औचित्य नरहेको पुष्टि मतदाताले गरेको विश्लेषण गरे । उनले तीन वटै समुहबाट पदाधिकारीहरुलाई छानेर कार्यकर्ताहरुले क्षमता अनुसारको जिम्मेवारी सुम्पेको भन्दै त्यसै अनुसार नेतृत्वलाई पार्टी सञ्चालन गर्न सुझाव दिए ।

अनुपस्थितीको रहस्य के होला ?
यस क्षेत्रको कांग्रेस राजनीतिमा नाम चलेका केही कांग्रेस महासमिति सदस्यहरुको पद हस्तान्तरणमा उपस्थिति देखिएन । सो कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, संघीय संसद सदस्य समेत महासमिति सदस्य नेतृ महेन्द्रकुमारी लिम्बु लगायत कतिपय गिने चुनेका र कांग्रेसका कार्यक्रममा वक्ताका रुपमा रहने गरेका नेताहरु समेत अनुपस्थित रहनुको रहस्य खोज्दै कतिपय नेता कार्यकर्ताहरु कानेखुशी गरेका देखिन्थे ।महासमिति सदस्य भट्टराईले भने कतिपय वडाका वडा सभापतिहरु समेतलाई कार्यक्रममा नदेख्दा आफूलाई नमजा लागिरहेको बताए ।

महासमिति सदस्य सुरेश सुब्बाले भने कार्यक्रममा आफूलाई फेसबुक मार्फत खबर आएको बताए । यद्यपी उनले आफनो कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जनाएका छन । निष्कर्ष न्यूजसंगको कुराकानीमा उनले भने– अनुपस्थित रहनु पर्ने त्यस्तो कुनै कारण त होइन कार्यक्रमको खबर फेसबुकमा आएको रहेछ मैंले देखें तर कार्य व्यस्तताले गर्दा आउन सकिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah