कैलालीको चुरे गाउँपालिकामा पहिरो पीडित दुई वर्षदेखि बिचल्लीमा रहेका छन्। दुई वर्षअघि गएको पहिरो पीडितको अहिलेसम्म पनि जंगलमै बास रहेको छ। पहिरोबाट प्रभावित नागरिकहरूले आफूहरूको सुरक्षित स्थानमा व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। वैज्ञानिक मापदण्ड बिपरित वर्षेनी सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ ।
पहिरोको कारणले गाँउनै विस्थापित भइरहेकाछन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणिलगाएत गाउँमा पहिरोका कारण गाँउनै विस्थापित हुन थालेको स्थानीय कमलबहादुर थापाले बताए।
चुरेका विभिन्न बस्तीमा पहिरो जानथालेपछि आफूहरू घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेको स्थानीय गंगाराम थापाले बताए। अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएको उनको भनाइ छ।
आफूहरूको अहिले दैनिक छाक टार्न पनि समस्या भएको पहिरो पीडित मिनबहादुर तामाङ बताउँछन्। गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणिका ३ सय परीवार विस्थापित भएका छन्।

यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरू नराम्ररी प्रभावित भएको छ। घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah