कैलाली:- जिल्लाको चूरे गाउँपालिका वडा नं ०६ गजारमा रहेको श्री शीद्ध बाबा आवासिय विद्यालयको कम्पाउण्ड भित्र पर्ने हरियो/काचो २ वटा टुनीको रूख ; अनुमानित करिब ६००-७०० क्यूफिट काठ अवैधानिक रुपमा चोरी पैठारी भैरहेको सूचना प्राप्त भएपछि गत वैशाख १५ गते सब- डिभिजन कार्यालय सहजपुरका डिभिजन वन अधिकृत जिबछ यादवलाई जानकारी गराईएको थियो।

तत्पश्चात सत्यतथ्य जाँचबुझका लागि भन्दै सव-डिभिजन वन कार्यालय सहजपुरले प्रा.बन रक्षक तिरिस बि क लाई तत्कालै घटनास्थल पठाएको थियो यद्यपि उनी घटनास्थल पुग्नु अगावै २ वटा ट्याक्टरमा लोड गरी काठ ओसार्दै गरेको र गोप्य सूचना पाएकोले बिच बाटोमै काठ फालेर ट्याक्टर भगाइएको थियो; अनुगमनमा खटिएका कर्मचारीले रित्तो ट्याक्टर फर्किरहेको अवस्थामा भेटेपनी काठ बीचैमा झारेकोले आफूले नियन्त्रणमा लिन नमिलेको बताएका थिए।
भोलिपल्ट बैशाख १६ गते सव – डिभिजन सहजपुर का वन अधिकृत स्वयं घटनास्थल निरीक्षणमा गएका थिए।
अबैध काठ पैठारीको बारेमा सत्य -तथ्य जाँच बुझका लागि नापजोक आवस्यक पर्ने भएको भन्दै उनले जिल्ला बन कार्यालय कैलाली लाई अमिन पठाइदिन माग गर्दै परिपत्र
गरेको जनाएका थिए।
झण्डै २हप्ता बढी भैसक्दा समेत काठ तस्करीमा संलग्न लाई कार्वाहीका लागी कुनैपनि प्रक्रिया अघि नबढाईएपछि घटना थप रहस्यमय बन्दै गएको छ।
बन डिभिजनं अधिकृत जिबछ यादव भने आफू बिदामा रहेको जनाएका छन् ।

अबैध काठ तस्करीका विषयमा जिल्ला बन कार्यालय कैलालीका सहायक बन अधिकृत भीम ढकालले सव – डिभिजन कार्यालय सहजपुर मार्फत तस्करीमा संलग्न जोकोहि लाई तत्काल कारवाही गर्ने बताए पनि यस विषय लाई ढिलासुस्ती गरी ढाकछोप गर्न खोजिएको आशंका स्थानीयले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah