केबि महरा,
कैलाली: चुरे गाउँ पालिका ०६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र बन्दै गइरहेको छ ।
पालिकाको वडा न• ०६ स्थित शान्तिनगरमा रहेको साविक अस्थायी स्वास्थ्य-चौकि लाई थप स्तर-उन्नती गरि स्थायी संरचना निर्माणको कार्य अघिल्लो कार्यकालमै सम्पन्न गरिसक्नु पर्ने भएपनी भवन निर्माणका लागि वडाले, ठाउँ एकिन गर्न नसक्दा स्वास्थ्य चौकी निर्माण कार्य थप अन्यौलमा पर्दै गैइरहेको हो । वडा भित्र साविकै स्थानमा बनाउन दर्ता जमिन आवस्यक पर्ने प्रस्ताव सहयोगि संस्थाले अघि सारेपछी वडाले उक्त विषयलाई सहमतिकै आधारमा टुंगोमा पुर्याउन यस अघि पटक-पटक प्रयास गर्दै आएपनी एकिन निर्णयमा पुग्न सकेको छैन ।

भौगोलिक क्षेत्रका हिशाबले विकट रहेको यहाँका बासिन्दा सामान्य उपचार, सुत्केरी सेवा, सिटामोल लगायत न्युनतम स्वास्थ्य सेवा लिनका लागि छिमेकी जिल्ला डोटिको बुडरमा रहेको स्वास्थ चौकी पुग्नु पर्ने वा थप उपचारका लागि अत्तरिया ,धनगढी सम्मै धाउनु पर्ने दु:ख रहेको र आर्थिक अवस्था न्यून भएकाहरु थप मारमा पर्ने गुनासो स्थानीयले गरेका छन्।

दोश्रो कार्यकाल समेत यसै क्षेत्रबाट जितेका वडा अध्यक्ष प्रेम सावदले यो समस्या जसरी पनि निचोडमा पुर्याई छाड्ने कुरामा आफू कृयाशिल रहेको प्रतिक्रिया दिएका छन्।
उता गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले सम्पुर्ण वडाबासि लाई पायक पर्ने स्थानमा स्वास्थ्य चौकी भवन बन्नु पर्नेमा आफ्नो जोड रहेको र वडाले समन्वय गरे सहयोग गर्ने वाचा दोहोराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv