चिहानमा गाडिसकेको शव गुन्गुनाएको, कसैलाई बोलाएको कुरा के तपाई पत्याउनु हुन्छ ? तपाईलाई यसमा विश्वास नलाग्न सक्छ , तर यस्तै एउटाघटना भएको छ भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित जलालपुर गाउँमा ।
यस्तो अचम्मको एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् । दुई महिनाअघि मृत्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जिउँदै भएकोले बाहिर निकाल्न गुहार लगाएपछि गाउँले आश्च र्यसँगै त्रसित भएका हुन् । मृत्यु भएर चिहानमा गाडेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गुहार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् ।
यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गुहार माग्दै उसको छोरालाई गाडिएको चिहान उत्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चिहानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गुहार लगाउनुपरेको बताएका छन् ।

जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झल्किरहेको छ । किन कि उनीहरुको गाउँको एक मुर्दा बिहान बेलुका चिहानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चिहानबाट गुनगुनाएको आवाज पनि आइरहन्छ ।

समाचार अनुसार यो चिहान स्थानीय युवा इरफानको हो । दुई महिनाअघि मृत्यु भइसकेको छ । इरफानका परिवारका अनुसार अघिल्लो सातादेखि चिहानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जिउँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ । उनको परिवारका अनुसार गत २५ फेब्रुअरीमा निधन भएको हो ।
उनको मृत्यु पश्चात उनलाई दुई गज जमीन मुनी पुरिएको थियो । उनलाई चिहानमा पुरिएको दुई महिना पछि जब इरफानको चिहानभित्रबाट मानिस गुनगुनाउन थाल्यो । चिहानबाट मानिस गुनगुनाउन थालेपछि त्यस गाँउमा मानिसमा अश्चर्यका साथै त्रासदि छाउन थाल्यो । उनका पिता पिता सबिरुद्दीनका लागि जवान छोराको निधन दुस्खको कुनै अग्लो पहाड भन्दा कम थिएन।
अहिले जब चिहानबाट आफूले जमिनमा गाडेको छोरो गुनगुनाउन थालेपछि त यो परिवार टुटेफुटेको काँचको शिशासरह भएको छ। चिहानबाट छोराले बाहिर निकाल्न गुहार लगाइरहेपछि यो परिवारले जिल्ला प्रशासनलाई गुहार लगाउँदै सत्य पत्ता लगाउन भनेको छ । प्रशासनले आफूहरुलाई मद्दत दिएर चिहान खोतली आफ्नो छोराको साँचो कुरा बाहिर ल्याउने आशमा यो परिवार लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah