गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजार मानिसले र्‍यालीहरू आयोजना गरेका छन् ।
उनीहरूले टेक्सस राज्यमा गर्भपतनको पहुँचलाई कठोरतापूर्वक सीमित गर्न हालै लागु गरिएको एउटा नयाँ कानुनको विरुद्धमा चेतना जगाइरहेका छन् । मानिसलाई सक्रिय बनाएका छन् ।

देशभरका गर्भपतन समर्थकहरूलाई संवैधानिक अधिकार कटौती हुन सक्ने डर छ । आगामी महिनाहरूमा सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइ गर्ने तय गरेको छ, जसले सन् १९७३ मा गर्भपतनलाई राष्ट्रव्यापी रूपमा कानुनी रूप दिने रो भी वेड फैसलालाई उल्ट्याउन सक्छ ।

प्रदर्शनकारीहरूले ‘गर्भपतनलाई कानुनी बनाऊ’लगायत लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा सहभागी महिलाहरूले गर्भपतन महिलाको छनोटको अधिकार भएको बताएका छन् ।

२०१७ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल प्रारम्भको एक दिनपछि विरोध जनाउन लाखौँ मानिस उतारेको वीमिन्स मार्च समूहद्वारा र्‍यालीको आयोजना गरिएको हो ।
यसैबीच, दुई दर्जन प्रदर्शनविरोधी मानिसले र्‍याली सुरु गर्न बाधा पुर्‍याएका थिए । गर्भपतनविरोधी मानिसले भ्रूणहत्याको विरुद्ध वकालत गर्ने गरेका छन् ।

टेक्सस राज्यले सेप्टेम्बरदेखि गर्भपतनसम्बन्धी ‘हर्टबीट’ भनिने कानुन लागु गरेको छ । जुन कानुनानुसार गर्भ बसेको छ हप्ताअघि नै गर्भपतन गर्नुपर्ने हुन्छ । जबकि, सो अवधिमा धेरै महिलालाई गर्भ बसे/नबसेको बारेमा थाहा हुँदैन । सो कानुनानुसार छ हप्तापछि गर्भपतन गराएमा जो कसैले मुद्दा हाल्न पाउनेछन् ।

रिपब्लिकनको प्रभुत्व रहेका अरू थुप्रै राज्यका राजनीतिकर्मीहरूले यस्तै खालको प्रतिबन्धहरूमाथि विचार गरिरहेका छन् ।

अधिकार समूहहरूले टेक्सस कानुनलाई रोक्न सर्वोच्च अदालतसमक्ष माग गरेका थिए । तर, बहुमत न्यायाधीश यस कानुनलाई मान्यता दिने आदेश दिए ।

डिसेम्बर १ मा अदालतले मिसिसिपी राज्यमा १५ हप्तापछि गर्भपतन प्रतिबन्ध गर्नेसम्बन्धी मुद्दामा सुनुवाइ गर्ने तय गरेको छ । उक्त फैसलाले १९७३ को महत्वपूर्ण रो भी वेड आदेशलाई उल्ट्याउन सक्छ, जसले २८ हप्तासम्मको गर्भपतन गर्न पाउने महिलाको अधिकार सुरक्षित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah