बलिउड अभिनेता मनोज बाजपेयीलाई पितृशोक परेको छ । लामो समयदेखि रोगसँग जुधिरहेका उनका बाबु राधाकान्त बाजपेयीको ८३ वर्षको उमेरमा निधन भएको हो । राधाकान्त बिहारको बेतिया शहर नजिकैको एक सानो गाउँमा बस्थेँ । पछिल्ला केही महिना स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको थियो । सेप्टेम्बरमा बाबुलाई भेट्न केरलाबाट सुटिङ छाडेर मनोज दिल्ली आएका थिए ।
समाचार एजेन्सी एएनआईसँग हालै भएको कुराकानी दौरान मनोजले आफ्ना बाबुको सपना पूरा भएको बताएका थिए । ‘१८ वर्षको उमेरमा म बिहारको एउटा सानो गाउँबाट दिल्ली आएको थिएँ । म दिल्ली विश्वविद्यालयमा भर्ना भएँ । र, त्यहाँ मैले स्नातकसम्मको पढाई पूरा गरे । मेरो बाबुको सपना छोराले पढाई नछाडोस् भन्ने थियो, त्यसैले मैले डिग्रीसम्म पढें,’ उनले भनेका थिए । ग्याङ्स अफ वासेपुर, राजनीति, चक्रब्युँह, अलिगढलगायतका चर्चित फिल्ममा मुख्य भूमिका निभाएका ५२ वर्षीय बाजपेयीले भारतको राष्ट्रिय फिल्म अवार्ड र प्रतिष्ठित पद्मश्री अवार्ड जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah