भारतको चर्चित धार्मिक टेलिशृंखला रामायणमा रावणको भूमिका निभाएका दिग्गज कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो ।
मंगलबार अचानक हृदयाघात हुँदा उनको ‘मल्टि–अर्गेन फेल’ भएको थियो । रामायणबाहेक उनले ‘विक्रम और बेताल’मा पनि काम गरेका थिए ।
उनी सन् १९९१ देखि १९९६ सम्म संसद्को सदस्यसमेत थिए । सन् २००२ देखि २००३ सम्म उनी सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)को कार्यवाहक अध्यक्ष बनेका थिए



