काठमाडौं– चाडपर्वमा मोबाइलमार्फत गरिने फन्ड ट्रान्सफर निःशुल्क हुने भएको छ।
चाडपर्व लक्षित गरी कनेक्ट आईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको जनाइएको छ।
दसैँ, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फन्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।



