भारतको राजस्थानमा विषालु सर्पले टोकाएर एक वृद्ध महिलाको हत्या गरिएको खबर आएको छ ।  यसको मुद्दा सर्वोच्च अदालतमा पुग्दा विषालु सर्पलाई हतियारका रूपमा उपयोग गर्नु जघन्य अपराध भएको बताएको छ । आरोपितलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ ।

एक महिलाको विवाह सैनिकसँग भएको थियो । सैनिक गृहजिल्लाबाट निकै टाढा तैनाथ थिए ।

महिला नियमित रूपमा प्रेमीसँग कुराकानी गर्ने गर्थे । सासुले त्यसको विरोध गर्ने गरेकी थिइन् । महिलाका ससुरा पनि जागिरको क्रममा जिल्ला बाहिरै हुन्थे ।

सासुले गाली गरिरहेपछि बुहारीले खतरनाक षड्यन्त्र बुनिन् । उनले हत्या गर्ने तर त्यसलाई दुर्घटना जस्तो देखाउने योजना बनाइन् ।

महिलाले प्रेमी र साथीहरूसँग मिलेर एक सपेरासँग विषालु सर्प किनिन् । सर्पलाई झोलामा राखेर महिलाले सासुको कोठामा राखिन् । बिहान सासुको मृत्यु भयो । जिल्ला अस्पताल लग्दा यो सर्पदंशको केस भएको चिकित्सकहरूले बताए ।

प्रहरीले यसलाई दुर्घटना नै ठान्यो किनकि राजस्थानमा सर्पले टोक्ने घटना भइरहेका हुन्छन् । तैपनि प्रहरीले सामान्य अनुसन्धानका क्रममा बुहारीको मोबाइल फोनको कल डिटेल हेर्दा घटनाको दिन ती महिला र एक व्यक्तिसँग १०० पटक कुराकानी भएको पायो ।

ती व्यक्ति बुहारीकै प्रेमी थिए ।

प्रहरीले महिला, उनका प्रेमी र प्रेमीको साथीलाई पक्राउ गर्‍यो । सोधपुछका क्रममा कुरा खुल्दै जाँदा सर्प उपलब्ध गराउने सपेरासम्म प्रहरी पुग्यो । सपेराले सर्प दिएको स्वीकार गर्‍यो ।

बुहारीको पक्षका वकिलले आरोपित घटनास्थलमा उपस्थित नभएकाले मुद्दा चलाउने आधार नरहेको तर्क दिए । सर्पले कसलाई टोक्छ कसरी थाहा हुन्छ, त्यसैले आरोपितलाई रिहा गर्नुपर्छ भनी उनले दिएको तर्कलाई अदालतले मानेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah