अभिनेता शाहरुख खानका छोरा आर्यन खानको भाग्यको फैसला आज मुम्बईका मजिस्ट्रेटले गरिरहेका छन् ।
क्रूज पार्टीमा ड्रग्सको प्रकरणमा फसेका आर्यन खानको समस्या बढिरहेको देखिएको छ । अदालतले आर्यन खानसहित ८ जना आरोपीहरुको जमानतमाथि सुनुवाई जारी छ ।
यसैबीच, एनसीबीले आर्यनसहित सबै आरोपीहरुलाई आर्थर रोड जेल पुर्याएको छ ।
यही बेला आर्यन खान तथा अन्य ८ जना आरोपीहरु अहिले पनि न्यायिक हिरासमता छन्, त्यसैले उनीहरुलाई एनसीबीले जेल पुर्याएको हो ।
जेल पुर्याउनुअघि सबैको कोरोना परीक्षण गरिएको थियो, जसको नतिजा नेगेटिभ आएको छ ।
आर्यन खानका वकील सतीश मानशिन्देले स्टार किडको जमानतका लागि अदालतमा वहस गरिरहेका छन् ।
सतीश मानशिन्देका अनुसार आर्यन खानमाथि आरोप लागेको छ, तर उनी विरुद्ध केही पनि फेला परेको छैन ।
एनसीबीले आर्यनलाई पाँच दिनसम्म कस्टडीमा राख्यो, तर उनी विरुद्ध केही पनि फेला पारेन ।
उनले आर्यन इज्जतदार परिवारका सदस्य भएको तथा उनका अन्य आरोपीहरुसंग कुनै प्रकारको सम्बन्ध नभएको बताएका छन् ।
यस्तो अवस्थामा उनलाई जेल सजाय हुनु नहुने वकीलको तर्क छ ।
यसैबीच, शाहरुख खानको बंगला मन्नतको अघिल्तिर उनका प्रशंसकहरुले विभिन्न प्रकारका पोस्टरहरु टाँसेका थिए ।
ती पोस्टरहरु आर्यन खानलाई लिएर शाहरुख तथा उनको परिवारको समर्थनका लागि राखिएको थियो ।
यसमार्फत प्रशसंकहरुले सुपरस्टारलाई सबै कुरा ठिक हुने आश्वासन दिएका थिए ।
अहिले आएर शाहरुखका टीमले ती पोस्टरहरु हटाएका छन् ।
यसैबीच, आर्यन खानको जमानतका लागि अदालतमा सुनुवाइ चलिरहेको छ ।



