धरान / धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले बताएकाे छ ।
आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी राईको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बालबालिका समेत पुरिएका थिए ।
घटनाको जानकारी पाएकाे ईलाका प्रहरी कार्यालय धरानकाे उद्धार टोलीले दिउसो साढे ३ बजे दुईजना बालबालिकालाई मृत अबस्थामा फेला पारेको थियाे ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।



