भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४ करोड २६ लाख ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ संक्रमित थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यसबाहेक शुक्रबार बिहानसम्ममा कोरोना सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १ लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमित । रहेका छन् ।
पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३ करोड ६ लाख ४१ हजार १७५ पुगेको छ ।



