काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेकाे निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य एक सय नाै रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर आठ सय ९५ अमेरिकी डलर पुगेकाे छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख, डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै दुई अर्ब ६२ करोड घाटा हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि निगमले गएकाे कात्तिक १२ गते इन्धनकाे मूल्य बढाएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah