इजिप्टको दक्षिणी सहर आश्वानमा बिच्छीको टोकाइबाट ३ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बिच्छिको टोकाइबाट तीनजनाको मृत्यु र ४५० घाइते भएका हुन् ।

घाइतेहरुलाई किटनाशक खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरुको गाउँनजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । शुक्रबार नायल नदी नजिकै आएको चर्को आँधीका कारण सो क्षेत्रमा बिच्छिको आतंक बढेको छ। चट्याङ, भारी वर्षा र हावाहुरीसहित आएको आँधीका कारण सो क्षेत्रमा बिच्छि र सर्पको आतंक बढेको बताइएको छ ।

त्यहाँका अधिकारीहरुले स्थानीयलाई घरभित्रै बस्न र धेरै रुखहरु भएको क्षेत्रमा नजान आग्रह गरेको छ । विषालु बिच्छीको बासस्थान भएको इजिप्ट बिच्छिका लागि संसारकै खतरनाक क्षेत्र मानिन्छ ।

कालो बिच्छीको टोकाइबाट मानिसको क्षणभरमै मृत्यु हुने गरेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah