अमेरिका, नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ। यी तीन चितुवा त्यहाँ एकदमै लोकप्रिय रहेको द वासिङटन पोस्टले जनाएको छ।

द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला पनि थिए। चिडियाखानामा घुम्न आउनेका लागि यिनै चितुवा आकर्षणको केन्द्र विन्दु थिए।

यी तीन चितुवाको नाम पनि थियो- एभरेस्ट, मकालु र रान्नी।

यिनलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको हो।

‘यी चितुवाहरू प्रिय थिए। हाम्रा लागि पनि, हेर्न आउनेका लागि पनि,’ लिंकन चिडियाखानाको विज्ञप्तिमा भनिएको छ, ‘यो एकदमै दुखदायी कुरा हो। हामी सबै पीडामा छौं।’

यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका वासिङटन पोस्टले लेखेको छ।

गत महिना लिंकन चिडिखानाका केही जनावरमा कोरोनाका लक्षण देखिएपछि तिनीहरूको परीक्षण गरिएको थियो। त्यसमध्ये अधिकांशलाई कोरोना देखिएको थियो। यो चिडियाघरमा कोरोना देखिएको यो नै पहिलोपटक थियो।

कर्नेल फेलिन हेल्थ सेन्टरका अनुसार मान्छेबाट जनावरमा कोरोना सरेपछि तिनले अरू जनावरमा सार्ने सम्भावना हुन्छ। तर जनावरले मान्छेमा सारेको भने अहिलेसम्म पुष्टि नभएको पनि केन्द्रले जनाएको छ।

अमेरिकाको खाद्य तथा औषधि नियामकले भने जनावरबाट मान्छेमा कोरोना सर्ने सम्भावनालाई कम जोखिम भनेर संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah