नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दका कारण प्रदेश १ का मुख्यमन्त्री राजेन्दकुमार राईले मंगलबार लिने तय भएको विश्वासको मत प्रभावित भएको थियो ।
मंगलबार लिने भनिएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज बिहान ११ बजेलाई कार्यक्रम तय भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले बन्दका कारण आफूहरु सहभागी हुन नसक्ने कारण देखाउँदै बैठक स्थगित गर्न संसद सचिवालयमा प्रस्ताव पेश गरेका थिए । तर, एमालेको प्रस्तावमाथि आपत्ति जनाउँदै सत्तापक्षले तत्काल बैठक बोलाउन सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए ।
सभामुखले विवादलाई मिलाउन कार्यव्यवस्था समितिको बैठक राखे पनि एमालेका सांसदहरूले असहयोग गरेपछि विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल नै नगरी स्थगित गरेका थिए । बैठक स्थगितपछि मुख्यमन्त्री राईले एमालेको नियत दुःख दिने रहेको भन्दै त्यसलाई सभामुखले एमालेको कार्यकर्ता भएर सहयोग गरेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
दुई साताअघि भीम आचार्यले राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईको पक्षमा नेपाली कांग्रेसका २१, नेकपा ९माओवादी केन्द०का्र १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टी ९जसपा०का ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी जम्मा ५० सांसदको समर्थन रहेको छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रमुख प्रतिपक्षी एमालेसँग ४० जना सांसद छन् । एकजना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तठस्थ बस्ने निर्णय गरेको छ ।
यसर्थ, मुख्यमन्त्री राईले विश्वासको मत लिने दाबी सत्ता गठबन्धन पक्षको छ ।



